चित्रलेखा यादव न्यूजिल्याण्ड र नेत्रप्रसाद तिम्सिना ब्रुनाईका लागि गैरआवासीय राजदूत नियुक्त

चित्रलेखा यादव न्यूजिल्याण्ड र नेत्रप्रसाद तिम्सिना ब्रुनाईका लागि गैरआवासीय राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले चित्रलेखा यादवलाई न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा अष्‍ट्रेलियाका लागि नेपालको आवासीय राजदूत रहेकी यादवलाई न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।

यस्तै राष्ट्रपतिले डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका छन् । तिम्सिना मलेसियाका लागि नेपालका आवासीय राजदूत समेत रहेका छन् ।