साउदी, ओमान र श्रीलंकाका लागि तीन राजदूत नियुक्त, को-कहाँ ?


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी, ओमानका लागि डोरनाथ अर्याल र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएका छन् ।

उनीहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement