नवनियुक्त राजदूत रेग्मी र डा विश्वकर्माले लिए पद तथा गोपनियताको सपथ


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

उक्त सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement