पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्वारा दुर्व्यवहार, प्रहरी मुकदर्शक बनेकोमा आपत्ति

पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्वारा दुर्व्यवहार, प्रहरी मुकदर्शक बनेकोमा आपत्ति


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलमाथि शनिबार दुर्व्यवहार भएको छ ।

नेता रावलका स्वकीय सचिव राजबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत दैजी चोकमा रास्वपा कार्यकर्ताहरूले गरेको दुर्व्यवहारप्रति भत्र्सना गरेका छन् ।

‘रास्वपा कार्यकर्ताहरूले पूर्वमुख्यमन्त्री चढेको गाडीलाई रोकेर चालकलाई गालीगलौज र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानूनी राजको खिल्ली उडाएको प्रतित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मुकदर्शक भई अराजक समूहको अगाडि निरीहता देखाएकोमा आपत्ति छ ।’

बिदाको दिन प्रदेशसभा सचिवालयबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले भइरहेका बेला अनावश्यक रूपमा योजनाबद्ध ढंगले उच्छृंखल समूहले बाटो छेकेर गरेको अमानवीय व्यवहारको छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।