काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ ।
आईतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।
उनले जेठ १५ गते काठमाण्डुमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरू पनि सहभागिता गराउने जानकारी दिए । कम्तीमा ७ दिनका लागि उपत्यका बाहिरका जिल्लाका कार्यकर्ताहरूलाई पनि बोलाउने निर्णय भएको उनले बताए ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अहिले समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौं । असोज मसान्तसम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ,’ उनले भने, ‘जेठ १५ गते काठमाण्डुमा हुने आन्दोलनमा काठमाण्डु उपत्यका बाहिरका जिल्लाहरू पनि सहभागिता गराउने र कम्तीमा ७ दिनका लागि उपत्यका बाहिरका जिल्लाका कार्यकर्ताहरूलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । साथै रबिन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूको लागि कानूनी सहायता र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिने साथै मिश्रलाई अदालतमा निःशुल्क एवं स्वतस्फूर्त रूपमा बहस गर्न सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको छ ।’
प्रतिक्रिया