मुलुकमा भ्रष्टाचारले गहिरो जरा गाड्यो : अध्यक्ष लिङ्देन

मुलुकमा भ्रष्टाचारले गहिरो जरा गाड्यो : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा भ्रष्टाचारले गहिरो गरी जरा गाडेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित पार्टीको विराटनगर नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई भ्रष्टाचारको चंगुलबाट निकाल्न नयाँ आन्दोलनको आवश्यकता रहेको बताए ।

राजसंस्था पुन:स्थापनाका लागि चुनावभन्दा पनि आन्दोलन नै हुनुपर्ने उनले बताए । उनले भने, ‘गणतन्त्र चुनावबाट नआएकाले राजतन्त्रको पुन:स्थापना पनि चुनावबाट नभई आन्दोलनबाट हुनुपर्छ । विचौलिया, व्यापारी, न्याय क्षेत्रको अघोषित गठबन्धनले मुलुक बर्वादीतर्फ गएको छ ।’

नगर सम्मेलनले विकास लिम्बूको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।