काठमाण्डु– स्थानीय तह गैरदलीय हुने एजेण्डासहित निर्वाचन जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट उम्मेदवार खोज्दै हिंडेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कटाक्ष गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङदेनले रास्वपाको भनाइ र गराई नमिलेकामा प्रश्न गरेका हुन् ।
‘चुनावमा गैरदलीय स्थानीय तहको कुरा गरेर झण्डै दुई तिहाई ल्याएको पार्टीले फेरि स्थानीय तहमा चाहिँ पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु अलि कुरा मिलेन कि ? कि मैले कुरा बुझिन ?’, लिङदेनले लेखेका छन् ।
गत ७ वैशाखमा बसेको रास्वपा सचिवालय बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो ।
समितिले स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीले लिने परीषा उत्तीर्ण गर्नुपर्ने बताएको छ । यस्तै देशभरका निर्वाचन क्षेत्रीय समितिहरूलाई उम्मेदवार चयनबारे सुझाव पठाउन परिपत्र जारी गरिएको छ ।




प्रतिक्रिया