किराँत धर्मको मुन्धुममा गाईगोरु मात्रै होइन, जीवजन्तुको बलि पनि निषेध छ : राजेन्द्र लिङ्देन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत धर्मको मुन्धुममा गाईगोरु मात्रै नभई सबै जीवजन्तुको बलि निषेध रहेको बताएका छन् ।

सोमवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष लिङ्देनले केही गैरलिम्बू जनजातिहरूले किराँत मुन्धुम अनुसार लिम्बूहरूले गाईगोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रूपमा गरिरहेको प्रचारप्रति उनले दुःख प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरूले जानून् तर किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनै पनि जीवजन्तुको हत्या (बलि) निषेध छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement