बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीमाथि ७ दिन म्याद थप


काठमाण्डु – सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । बलात्कारको आरोपमा पक्राउ परेका अधिकारीलाई दोस्रो पटक म्याद थप थप गरिएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको म्याद थप अनुमति लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, गैह्रापाटनको हिरासतमा रहेका एसएसपी अधिकारीमाथि २७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग छ ।

नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप छ । बलात्कार गरेको स्थानबाट ४ वटा भियग्राको खोल भेटिएको स्रोतले जानकारी दियो । उनीहरुले भित्रसँगै रक्सी खाएका थिए ।

एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement