काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि बितृष्णा आउने गरेको बताएका छन् ।
सोमबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताए ।
देश बिग्रियो भने युवाको भविष्य बिग्रिने उनले दाबी गरे । देशका ३ ठूला दलका नेताहरूका कारण देश बिग्रिएकाले युवाहरूको भविष्य अन्योलमा परेको बताए ।
उनले ३ करोड जनसंख्या भएको देशमा ६० लाखभन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला भन्दै प्रश्न गरे ।
शान्तिपूर्वक ढंगले लाखौं जनता सडकमा आयौं भने एकैदिनमा गणतन्त्र समाप्त हुने उनले बताएका थिए । कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफैं अगाडि आउने भन्ने आफैंमा भर पर्ने बताए ।
भ्रष्टाचारीविरुद्ध एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको संविधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया