जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङ्देन

जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन् ।

बिहीबार काठमाण्डुमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले आन्दोलित जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए ।

उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’

सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरूले जनतालाई शोषण गरेर ५–१० लाखको सामान बोकेर हिँड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नुपरेको बताए ।

उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सीमित केही नेताहरूले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरू ५–१० लाखको सामान बोकेर हिँड्ने अवस्थामा पुगेका छन् । नेपाली जनता भने भोकभोकै बसिरहेका छन् ।’