काठमाण्डु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नैतिकता छ भने राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गरेर वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरे ।
उनले भने ‘१८ दिनदेखिको नाटक देखिरहेका छौँ। प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूरवक आत्मसमर्प र वीर्तापूर्वक पछि हटेको सुन्न पाइयो,’ उनले भने, ‘हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाका लागि तर होइन लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिरहेका छन्।’
प्रतिक्रिया