अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन् ।

त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण गरेका छन् । उनीहरुलाई राप्रपा निर्वाचन कमिटीले प्रमाणपत्र पनि वितरण गरेको छ । प्रज्ञा भनमा आयोजित सपथ ग्रहण समारोहमा अध्यक्षमा पराजित कमल थापा भने उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement