बारा-२ मा उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

बारा-२ मा उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा-२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए ।

‘बारा-२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’

आगामी १० वैशाखमा बारा-२, चितवन-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ ।