सुदूरपश्चिममा एमाले संसदीय दलको नेताबाट रावललाई हटाउने तयारी

सुदूरपश्चिममा एमाले संसदीय दलको नेताबाट रावललाई हटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलको आलोचना बढिरहेका बेला उनलाई दल नेताबाट हटाउने तयारी भएको छ ।

कानून विपरीत चारपाङ्ग्रे सरकारी गाडी लिएर दुरुपयोग गरिरहेको, सार्वजनिक अभिव्यक्ति दिँदा धार्मिक स्थलको दुष्प्रचार भएपछि विरोध भइरहेको अवस्थामा एमालेको पार्टी नेतृत्व रावललाई दल नेताबाट हटाउन तयार भएको हो ।

बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमका नेताहरूसँग छलफल गरेर दल नेताबाट रावललाई हटाउन सहमति दिएका स्रोतले जनाएको छ ।

दल नेता रावलले पार्टीका नेता–कार्यकर्तालाई बेवास्ता गरी स्वार्थमा लागेको, नियुक्तिहरूमा पार्टीमा छलफल नगरी एकलौटी गरेको, सरकारी गाडीको दुरुपयोग गर्दा र हचुवाको भरमा सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीलाई क्षति पुगेको ठहर एमाले नेतृत्वले गरेको बताइएको छ ।

नेता रावललाई हटाएर कसलाई दल नेता बनाउने भन्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनायो ।