काठमाण्डु – अभिनेता तथा महानायक राजेश हमालले देशको शासन प्रणाली अन्दाज र परीक्षण (हिट एन्ड मिस) को भरमा सञ्चालन गरिनु उचित नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगमा नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा निर्माण हुनुपर्ने बताएका हुन् ।
उनले आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान र स्पष्ट दृष्टिकोण बिनै शासन सञ्चालन गरिए देशले अपेक्षित प्रगति हासिल गर्न नसक्ने उल्लेख गरे । सरकार दैनिक व्यवस्थापनका समस्यामै सीमित भइरहने हो भने तीव्रगतिमा परिवर्तन भइरहेको विश्वमा देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने उनले बताए ।
हमालले राष्ट्र सञ्चालनमा अल्पकालीन व्यवस्थापनभन्दा दीर्घकालीन सोच, योजनाबद्ध नीति तथा तथ्यमा आधारित निर्णयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । स्पष्ट भविष्यदृष्टि र रणनीतिक योजनाविना मुलुकलाई दिगो विकासको दिशामा अघि बढाउन कठिन हुने उनले बताए ।




प्रतिक्रिया