भाईको निधनपछि राजेश हमालले लेखे ‘गुड बाई काकु’


काठमाण्डु – अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । लामो समयदेखि कलेजो रोगबाट ग्रसित रहेका राकेशको बुधवार उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो ।

कलेजो प्रत्यारोपण गरेका राकेशको स्वास्थ्यमा समस्या देखिएपछि लकडाउनको समयमा विमान चार्टर गरेर दिल्ली लगिएको थियो । भाइको निधनपछि बुधवार मध्यराती राजेशले फेसबुकमार्फत दिवगंत भाइलाई सम्झिएका छन् ।

उनले भाइसँग बाल्यकाल र केही समयअघि सँगै खिँचेका तस्विर सार्वजनिक गर्दै लेखेका छन् ‘गुडबाई डियर काकु । तिम्रो आत्मालाई सधै शान्ति मिलिरहोस् ।’

राजेशको फेसबुक पोस्टमा थुप्रै कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement