प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा, के-के भयो कुराकानी ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएकाे छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल  खुमलटार पुगेका हुन् ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटघाटको समन्वय गरेका संगीतकार चेतन सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको थियो ।  भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।

साथै हमालले पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति पनि प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले हमालको बुझाइमा आफ्नो समर्थन रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement