काठमाण्डु– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।
उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।
सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए। ‘सरकारले अध्यादेश ल्याउने भएछ । मार्ग प्रशस्त गरेर सरकारलाई सहयोग गरौं, नयाँ सरकारलाई काम गर्न सजिलो होस् भन्ने भएपछि राजिनामा बुझाएका हौं ।’ उनले काठमाण्डुपाटीलाई भने ।
सरकारले नै मार्गप्रशस्त गर्न अनुरोध गरिसकेपछि राजिनामा दिने मनस्थिति बनाएको उनले बताए ।
अर्याल केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०८२ असार २५ गते उपकुलपति बनेका थिए । भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल नियुक्त भएका थिए । तत्कालीन उपकुलपति प्रा.डा.केशरजंग बरालको सिफारिसमा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका थिए।
४ बर्षे कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा गरेका हुन्।




प्रतिक्रिया