काठमाण्डु– नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजीनामा दिएका हुन् ।
बुधबार मुख्यमन्त्री यामलाल कँडेल समक्ष उनीहरुले राजीनामा बुझाएका हुन् ।
आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्।




प्रतिक्रिया