लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार


लन्डन – बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नायिके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

सल्लाहकारले दान नलिन सुझाव दिए पनि चाल्र्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् । सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चाल्र्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड –(पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए ।

पीडब्लूसीएफका अध्यक्ष इयान चेसााइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टीहरूले सहमति जनाएका थिए। -एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement