दुई तिहाई सरकारलाई धिक्कार छ, मेरो पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु: उपमेयर चौधरी


काठमाण्डु – उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने बताएकी छन् । बुधबार सामाजिक सञ्जालमार्फत उपमेयर चौधरीले भ्रष्टाचारीलाई कारबाही नगरेको भन्दै राजीनामा दिने बताएकी हुन् ।

उनले जनतासँग माफी माग्दै दुई तिहाई सरकारलाई धिक्कार छ भन्दै उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेकी हुन् ।

उनले नगरपालिकामा भ्रष्टाचार व्याप्त रहेकाले आफू पदमा बसिरहनु उचित नहुने बताएकी छन् ।  उनले तत्कालिन नेकपा (एमाले) बाट निर्वाचनमा टिकट पाएकी थिइन् ।

‘उप मेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जन्ता सङग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्ययन हुदैन । धिक्कार छ दुई तिहाइ सरकार’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement