राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्नुहोस :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले देशले ठूला उपलब्धि हासिल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदमा सम्बोधन गर्दै देशमा भएको विखण्डनवादी विचार र गतिविधि अन्त्य भएको बताए।

उनले भने, देशमा अब विखण्डनवाद र विखण्डनवादी संगठन छैन। हामीले हिजो आफ्नै राष्ट्रीयगान झन्डा बनाएर हिँडेको थियो। आज राष्ट्रगान सयौँ थुंगा फूलका हामीबाट कार्यक्रम शुरु गरिरहेको छ।’ उनले सिके राउतसँग भएका सहमतिबारेमा स्पस्ट पार्दै जनमतसंग्रहको विषय कहिँ समावेश नभएको बताए।

सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको सम्बन्धमा जनमतसंग्रह कहिँ पनि कल्पना गर्न नसकिने उनको भनाइ छ । उनले भने, ’उहाँहरूको पहिले माग थियो अहिले जनताको अभिमतअनुसार चल्ने भनेका छौँ। कमसेकम लोकतान्त्रिक आन्दोलनको अभियानका नेताहरूलाई थाहा हुनुपर्छ।’ उनले वर्तमान सरकार जनमतको आकांक्षाअनुसार चलेको बताए।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सम्झाउँदा नसम्झिएकाले नै कडा कदम चाल्नुपरेको प्रष्ट पारे। उनले भने- ’राज्यले विप्लव समूहको गतिविधि नियन्त्रण गर्न लाग्यो, ब्याकगियर छैन।’ ’लोकतन्त्रमा मान्छे मार्न पाइँदैन’, उनले भने’, ’सरकारले आतंक नियन्त्रण गर्छ,। विकासको काममा बाधा गर्न दिँइदैन।’

प्रधानमन्त्रीले अब देशमा अशान्तिको शृंखला जारी राख्ने कल्पना नगर्न सुझाए। उनले राजसंस्थाको लागि जनमत संग्रहको माग गरिरहेका शक्तिको समेत चर्को आलोचना गरे। ’नेपालमा प्रतिगमनको कुनै सम्भावना छैन’, उनले भने। राजतन्त्र-राजतन्त्र भनेर फट्याक-फुट्युक नगर्न सुझाए। त्यो सह्य नहुने उनले चेतावनी दिए। ’भ्रष्टाचार नियन्त्रण र उन्मुलन सरकारको प्राथमिकताको कुरा हो’, उनले भने, ’किनकि सरकार विकास र सुशासन चाहन्छ।’उनले विद्यार्थी भर्ना अभियान यसपटक पनि चलाउने बताए।

’विद्यालय बाहिर कुनै पनि विद्यार्थी छन् भन्ने अवस्था लगभग अन्त्य गर्न चाहन्छौं’, उनले भने, ’ठूला बलिया देशले पनि गर्न नसकेको कुरा हामी गर्दैछौं।’ उनले दुई वर्षभित्र निरक्षरता अन्त्य गर्ने ठोस योजनाका साथ काम गरिरहेको बताए। कतिपयले केही काम नभएको भने पनि विकास भने भइरहेको बताए। ’यसवर्ष लगभग आठ सय किलोमिटर बाटो कालोपत्रे भएको छ’, उनले भने, ’नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन।’उनले यस्ता काम सरकारले कसरी काम गरिरहेको छ भन्ने झलक भएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement