सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान


काठमाण्डु- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल अमेरिकाकाे न्युयोर्क प्रस्थान गरेका छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिनसम्म चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् ।

उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए ।

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement