सशस्त्रका आईजीपी अर्यालद्वारा अवकाशअघि बिदा बस्न निवेदन

सशस्त्रका आईजीपी अर्यालद्वारा अवकाशअघि बिदा बस्न निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले कार्यकाल सकिनु एक साताअघि बिदामा बस्न निवेदन दिएका छन् ।

गृह मन्त्रालय श्रोतका अनुसार अर्यालले शुक्रबार बिदाका लागि निवेदन दिएका हुन् । अर्याल ४ वर्षे सेवा अवधिका पुरा गरी आगामी १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन् ।

अर्याल १८ वैशाख ०७९ मा महानिरीक्षक नियुक्त भएका थिए । श्रोतका अनुसार निवेदन पेश गर्नुअघि अर्यालले गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई त्यसबारे मौखिक जानकारी गराएका थिए ।

नयाँ महानिरीक्षक नियुक्त हुन बाँकी रहेकाले अर्यालको बिदा स्वीकृत हुने सम्भावना भने कम छ ।

आगामी सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले सशस्त्रको नयाँ महानिरीक्षक नियुक्ति गर्ने सम्भावना छ ।

सशस्त्रको नेतृत्व लिन एआईजीहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेश ठाडामगर प्रतिस्पर्धामा छन् ।