प्रधानमन्त्रीको मायाले राज्यमन्त्री बनेँ : राज्यमन्त्री दुगड


काठमाडौं – नवनियुक्त उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको मायाले बाँधेर आफुलाई राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने बताए । ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ’ राज्यमन्त्री दुगडले भने ।

उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको उल्लेख गर्दै उनले भगवान साक्षी राखेर घुस नखाने पनि प्रण गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement