ठगी र किर्ते अभियोग लागेका राज्यमन्त्री रावलले दिए राजीनामा


धनगढी – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्धामा मुछिएका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले जानकाररी दिए ।

महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो । त्यससता उनी फरार भिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement