राखेपको कार्यबाहक सदस्य सचिवमा ढकाल नियुक्त


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार खेलकुद महाशाखा प्रमुख ढकाललाई सोमबार कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिइएको हो ।

ढकाललाई ऐनको दफा १७ को उपदफा १२ बमोजिम नयाँ सदस्यसचिव नियुक्त नहुने बेलासम्मका लागि नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता मान बहादुर बिकेले जानकारी दिए ।

नियुक्ति पाएपछि ढकालले भने, ‘सदस्यसचिव नियुक्ति नै होइन, मन्त्रालयको सम्बन्धित महाशाखाको हिसाबले हेर्ने हो । सदस्यसचिव नियुक्त नहुँदासम्म छोटो समयको लागि मात्रै हो ।’

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement