रथीमा बढुवा सिफारिस : सिग्देलको फाइल रक्षा मन्त्रालय पुग्यो


काठमाण्डु – सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । सिग्देलको बढुवाका लागि सेनाले सात दिने सूचना निकालेको थियो ।

उमेर विवादका कारण सेनाले रथीमा सिफारिस गरेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि वरियताका आधारमा सेनाले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

सैनिक मुख्यालयले आइतबार रक्षा मन्त्रालयमा उनको सिफारिस पठाएपछि मन्त्रिपरिषदको बैठकले बढुवावारे निर्णय गर्नेछ । सिग्देल रथीमा बढुवा भएको अवस्थामा हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएपछि उनि सेनापति बन्नेमा छन् ।

सेनाको भावी प्रधानसेनापतिको टुंगो लाग्यो, उपरथी अशोक सिग्देल रथी बढुवाका लागि सिफारिस

प्रतिक्रिया दिनुहोस
Advertisement