विभेद नेपालमा मात्र होइन अमेरिकामा पनि छः गृहमन्त्री बादल


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिम घटना विभेदबाट निम्तिएको बताएका छन् । उनले हाल विश्याव्यापी रुपमा विभेद रहेकाले नेपालमा पनि यसको अन्त्य हुन नसकेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री बादलले अमेरिकामा पनि विभेद रहेको बताउँदै नेपालमा यसको अन्त्य गर्न कठिन भएको बताएका हुन् ।

‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको हत्या भएको थियो । कानूनमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन’, उनले भने, ‘अमेरिकाले पनि सकेको छैन। हामीले पनि सकेका छैनौं ।’

गृहमन्त्री बादलले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । उनले छानबिन समितिले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले भने, ुप्रहरी घटना स्थलमा ढिला पुगेको हो । कमजोरी पाइए विभागीय कारबाही हुने छ ।ु

प्रतिक्रिया दिनुहोस
Advertisement