काठमाडौंका होर्डिङ बोर्ड हटाउन गृहमन्त्रीको निर्देशन


काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले भोलिदेखि नै काठमाडौंभित्र रहेका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट लगायतका सामाग्री हटाउन निर्देशन दिएका छन् ।

बिहीवार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री थापाले सम्बन्धित निकायलाई यस्ता सामग्री हटाउन निर्देशन दिएका हुन् । चारवटा समूह बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् निर्देशन दिइ कारबाही अगाडि बढाउने तयारी भएको छ ।

त्यस्तै, बैठकले अव्यवस्थि रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकाका तार समय सीमा तोकी सार्वजनिक सूचना जारी गरी हटाउने निर्णय गरिएको छ । तोकिएको समय अविधिभित्र नहटाए त्यस्ता तारहरु काट्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement