गृहमन्त्री बादल र अमेरिकी राजदूत बेरी भेटवार्ता

गृहमन्त्री बादल र अमेरिकी राजदूत बेरी भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालले हिजोबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

अर्को प्रसंगमा गृहमन्त्री थापाले सरकारले बैशाखमा निर्वाचन घोषणा गरेको जानकारी दिँदै सबै पार्टीहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदुत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रपति बाइडेनको प्राथमिकताबारे चर्चा गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार, जलवायु परिवर्तन लगायतको क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताए । अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदुत बेरीले बताए ।