काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले भागिरथी भट्टलाई हत्यारा चाँडै पत्ता लगाउने बताएका छन् ।
मंगलबार बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरुको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भागिरथीका हत्यारालाई चाँडै पक्राउ गरिने बताएका हुन् ।
गृहमन्त्री बादलले भागिरथीको हत्या जटिल नभएकाले चाँडै अपराधी समक्ष पुगिने बताए । त्यस्तै उनले भागिरथीको हत्या निर्मला पन्तको जस्तो जटिल नभएको भन्दै चाँडै हत्यारा पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरे ।
‘अपराधी पत्ता लगाउने कुरामा प्रयासरत छौं । अनुसन्धान टोली र विज्ञ टोलीलाई खटाएका छौं । साथै यस घटनाबाट चाँडै परिणाम निस्किने कुरामा आशावादी छौं,’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै नेविसंघका महामन्त्री दीपक भट्टराईले काठमणडुपाटीसँग भने, ‘कतिपय घटनाहरुको शतप्रतिशत परिणाम ननिस्किँदो रहेछ । यो निर्मला पन्तको जस्तो जटिल नभएको र हामीले अनुसन्धान सुरु गरिसकेका छौं । छिट्टै अपराधी पक्रिन्छौंं ।’
विद्यार्थी नेताहरुले भागिरथीको घटनामा सत्यतथ्य बाहिर नल्याए आफूहरु सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए । उनीहरुले विगतमा पनि सरकारको अर्कमण्यता र उदाशिनताका कारणले अपराधीहरु उम्किएको र संरक्षण गरिएको भन्दै गृहमन्त्रीको ध्यानआकर्षण गराएका थिए ।
सरकारले अपराधीलाई संरक्षण गरेकाले चेलिबेटीहरु असुरक्षित बन्दै गइरहेकोतर्फ पनि गृहमन्त्रीको ध्यानआकर्षण गराएका थिए ।




प्रतिक्रिया