तनहुँ हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपति पौडेलको चासो

तनहुँ हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपति पौडेलको चासो


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

उनले सोमबार शितलनिवास बोलाएर मन्त्री खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् ।

पौडेलले १४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएका स्वकीय सचिवालयले जनाएको छ ।

उनले तनहुँ हाइड्रोसँगै जोडिएको १२६ मेघावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए ।

राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेका स्वकीय सचिवालयले जनाएको छ ।