काठमाण्डु – असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले धान रोपेका छन् । दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए। रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए।
रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो।



प्रतिक्रिया