अध्यक्ष प्रचण्डसँग रामचन्द्रले मागे उपसभामुख


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा नेता पौडेलले उपसभामुख कांग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । उनले कांग्रेसले उपसभामुख पाए सभामुखमा समर्थन गर्ने बताएका थिए । अध्यक्ष प्रचण्डले पार्टीमा फलफल गरेर निर्णय लिन सक्ने जवाफ दिएका थिए ।

कांग्रेसले सभामुख निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार आफ्नो उम्मेदवारी दिएको छैन् । सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement