मै हुँ भन्ने सांसद र मन्त्रीले कोरोना सारेः रामनारायण बिडारी


काठमाडौं – राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताहरुले कोरोना भाइरस सारेको आरोप लगाउका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता समेत रहेका सांसद बिडारीले राहत वितरण गर्न गाउँगाउँमा मान्छे जम्मा पार्ने परिपाटीले कोरोना भाइरस सरेको दाबी गरे ।

‘मै हुँ भन्ने नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने ? कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे,’ उनले भने ।

राहत स्थानीय सरकारको समन्वयनमा सीमित सम्बन्धित व्यक्तिहरुले बाड्नु पर्ने उनको धारणा छ ।

त्यस्तै उनले भारतीय नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएदेखि नेपाललाई दुःख दिएको बताएका छन् । उनले नेपाल भारतको सीमानामा तार जाली लगाउनपर्ने प्रस्ताव समेत गरेका छन् । ‘सिमानामा लगाइने तारमा राति राति करेण्ट छाड्नुपर्छ’, उनले भने ।

उनले हाल कोरोना भाइरसका कारण देखिएका समस्याहरु समाधानका लागि ऐनको आवश्यक भएको बताएका छन् । उनले राहत वितरणदेखि कोरोनाका कारण प्रयोगमा आएका नयाँ शब्दावलीको परिभाषा गर्ने ऐन चाहिने बताए ।

उनले संसद नभएको बेला नचाहिदो अध्यादेश ल्याउनुभन्दा यो कोरोना सम्बन्धी अध्यादेश ल्याउनु उचित हुने सुझाव दिए । ‘संसद नबसेको बेलामा यो भन्दा अगाडि गज्जबसँग मिलाएर अर्थोकअर्थोक ल्याउनुभन्दा यो कोरोना नियन्त्रण गर्नै खालको अध्यादेश ल्याएको भए ताली पिटेर अहिले पास हुन्थ्यो’ अब गरौं न । २ दिनभित्र यो कानुन पास हुनसक्छ । बेलायतजस्तो मै हुँ डेमोक्रेसि अफ मदर भनिराखेको छ हो त्यो देशले ३ दिनमा कानुन पास गर्यो । अमेरिका, सिंगापुर लगायतका विभिन्न देशले पास गरे । नेपालले पनि गर्नुपर्यो । सरकार हुकुम चलाउन सक्दैन । हुकुमी शासनले देश चल्दैन । कानुन नै बनाउनुपर्छ । सरकार २ दिनमै कानुन पास गरोस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement