विद्युतीय सवारीसाधनमा कर बढाएकोमा रामशरणको आपत्ति


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले विद्युतीय सवारीसाधनमा कर बढाएकोमा आपत्ति प्रकट गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै नेता महतले कर बढाउने सरकारकी कदमत आपत्तिजनकमात्र नभइ आफ्नै प्रतिबद्धता भुलेको आरोप लगाएका छन् ।

‘यही सरकारले पनि भन्दै आएको थियो कि बिजुलीबाट चल्ने सवारीसाधनको उपयोग बढाउनुपर्छ । तर सरकारले उल्टो कर बढाएर निरुत्साहित गरेको छ’, उनले भने ।

उनले संसारभर बिजुलीबाट चल्ने सवारीसाधनको उपयोग बढ्दै गएको र सरकारहरुले सहुलियत दिइरहेको बेला नेपाल सरकारले उल्टो काम गरेको बताए ।

सरकारले ल्याएको बजेटले आवश्यक प्राथमिकता समेटेर बजेट ल्याएपनि प्राचारमुखी भएको उनले प्रतिक्रिया दिएका छन् ।

‘बजेट प्राचारात्मक शैलीको छ । बजेटमा पनि त्यही देखिएको छ। धेरै आश्वासनले भरिपूर्ण छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement