गृहमन्त्रीको प्रहरीलाई निर्देशनः ‘शासक हैन सेवक’ बनेर काम गर्नुस्


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीले ‘शासक हैन सेवक’ भन्ने मान्यता राखी नेपाली जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने बताउँदै नेपाल प्रहरीलाई त्यही अनुरुप अगाडि बढ्न निर्देशन दिएका हुन् ।

उनले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको बताँदै यस घडीमा सुरक्षा निकायको परिचालन चुस्त गतिमा हुन आवश्य भएको बताए ।

उनले दीक्षित भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई एवं शुभकामना दिँदै आगमी दिनमा आर्जन गरेको ज्ञानको सदुपयोग गर्नेमा आफू विश्वस्त भएको बताए ।

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँ र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आज दीक्षित भएकाले प्राप्त गरेको ज्ञान र शीपले कार्यक्षेत्रमा सफल परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement