प्रभु साह नेतृत्वको आम जनता पार्टीमा संगठित रुपमा लाग्ने मानन्धरको तयारी


काठमाण्डु- चार मंसिरको चुनावअघि नेकपा एमाले छाडेका नेता प्रभु साहलाई नेकपा एमालेका पूर्व नेता रामवीर मानन्धरले साथ दिने भएका छन् । हालै आम जनता पार्टी गठन गरेका साहलाई पूर्व शहरी विकास राज्यमन्त्रीसमेत रहेका मानन्दरले साथ दिने भएका हुन् ।

साह र मान्नदर लामो समयदेखि संवादमा रहेको खुलेको छ । साहले आम जनता पार्टी खोल्नु अघि यी दुबैबीच मिलेर काम गर्ने सहमतीसमेत भएको थियो । यसैबीच सोमबार माछापोखरीस्थित मानन्धर निवासमा साह र मानन्धरबीच भेटवार्ता भएको छ ।

भेटर्वाता अनुसार मानन्धर अब साह नेतृत्वको आजपामा संगठित रुपमा नै अगाडि बढने छन् । मंसिर ४ गते भएको संघीय निर्वाचनमा नेकपा एमालेले प्रभु साहलाई टिकट दिएको थियो । तर, नेकपा एमालेबाट टिकट लिएर पनि साहले रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए ।

जसअनुसार रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार साहले आफ्ना प्रतिस्पर्धी ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भए । २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमासाह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement