राष्ट्रपति पौडेलद्वारा थाइल्याण्डका लागि नेपाली राजदूतमा वलीलाई नियुक्त


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत पदमा धनबहादुर वलीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा राजदूत नियुक्तिको जानकारी दिइएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री धनबहादुर वलीलाई थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement