राष्ट्रपति पौडेलबाट केन्याको गैरआवासीय नेपाली राजदूत पदमा तामाङ नियुक्त


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाको गैरआवासीय नेपाली राजदूत पदमा गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा तामाङलाई राजदूत नियुक्त गरिएको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement