राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

नेपाली क्रिकेट टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्दैछ । टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement