नेपालका ३ आवासीय राजदूत गैरआवासीय राजदूतमा नियुक्त

नेपालका ३ आवासीय राजदूत गैरआवासीय राजदूतमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना आवासीय राजदूतहरूलाई अन्य मुलुकहरूका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) अनुसार गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्ले अब गणतन्त्र पेरुका लागि पनि गैरआवासीय राजदूत बनेका छन् ।

यसैगरी, कतारका लागि आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलंकाका लागि आवासीय राजदूत पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।