राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को बैठक आह्वान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ ।

अधिवेशन बजेट अधिवेशन हुनेछ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्ने प्रमुख कार्यसूची रहनेछ ।