सद्भाव कायम गर्न सक्रिय हुँदै राष्ट्रपति, भोलि सर्वपक्षीय बैठक बोलाउने तयारी

सद्भाव कायम गर्न सक्रिय हुँदै राष्ट्रपति, भोलि सर्वपक्षीय बैठक बोलाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वी तराईमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय हुने भएका छन् ।

सामाजिक सद्भाव कायम गर्न राष्ट्रपति पौडेलले सर्वपक्षीय र सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेका शितलनिवास स्रोतले जनाएको छ ।

सुनसरीबाट सुरु भएको विवाद फैलिँदै जनकपुरसम्म पुगेको छ भने विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

राष्ट्र प्रमुखको रूपमा सक्रिय भएर राष्ट्रपति पौडेलले सर्वपक्षीय बैठक गरी सद्भावका लागि सामूहिक अपिल गर्ने जनाइएको छ ।