अब कांग्रेसले सत्ताको वागडोर हातमा लिनुपर्छः रामचन्द्र पौडेल


इलाम – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकपछि सीमा रक्षाको चावी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा सुम्पेको बताएका छन् ।

शुक्रबार बिहान इलाम आएका पौड्यालले फिक्कलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले बोलाएको भेलामा सबैले सीमा विवादका विषयमा भारतीय पक्षसँग कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । उनले भने, ‘कांग्रेस प्रधानमन्त्रीको काम हेरेर बसेको छ ।’

उनले नेपाल र भारतबीचको सीमा विवादका विषय चर्चामा आएजस्तो अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला भइनसकेको पौडेलले बताए । लिपुलेक तथा कालापानी भारतको नयाँ नक्सामा राखिएपछि सो मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने चर्च भइरहँदा उनले यस्तो धारणा राखेका हुन् । पौड्यालले आफुसँग पर्याप्त प्रमाण भएपछिमात्र मुद्धालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले सीमानाका विषयमा प्रष्टसँग कुरा राख्नुपर्छ भन्ने कुरा भएको हो ।’ उनले प्रमुख प्रतिपक्षी कमजोर नभएर रचनात्मक प्रतिपक्षीको भुमिकामा काम गरिरहेको बताए । उनले कम्युनिष्ट सत्ताबाट सम्वृद्धि नहुने भन्दै कांग्रेसले सत्ताको वागडोर हात लिनुपर्ने बताए ।

पौड्याललाई इलामका कार्यकर्ताले पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरे । नेपाली कांग्रेसका क्षेत्रीय सभापति दुर्गा बरालले भने, ‘हामी पार्टी्भित्र झगडा नभएको दिनको प्रतिक्षामा छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement