महाधिवेशन सुरु हुनै लाग्दा सभापतिको विषयलाई लिएर पौडेल समूहको विवाद उत्कर्षमा


काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् । कांग्रेसको १४ औँ महाधिवेशन औपचारिक रुपमा सुरु हुन लाग्दा समेत संस्थापनइतर पक्ष भने साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको हो ।

संस्थापनइतर पक्षमा नेता प्रकाशमान सिंह र डा शेखर कोइरलाले आफूहरु सभापतिको दौडबाट पछि नहट्ने अडान लिएका छन् । वरिष्ट नेता रामचन्द्र पौडडेलले नेता सिंह र कोइरलाबीच सहमति नजुटे महाधिवेशनमा सहभागि नहुने बताएका छन् ।

केन्द्रीय सदस्यहरुले पौडेललाई सभापतिका लागि तय गर्ने सहमतिमा पुगेका छन् । तर, नेता सिंह र कोइरलाले आफूहरु सभापतिको लागि उम्मेदवारी दिने भन्दै सामाजिक सञ्जालमा प्रचार प्रसारसमेत गरिसकेका छन् ।

यसैबीच नेताहरु अहिले साझा उम्मेदवार तय गर्न पौडेल निवासमा छलफलमा जुटेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् ।

यता कांग्रेस संस्थापन पक्षले प्रधानमन्त्री एवम् वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको लागि उम्मेदवार छनोट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement