सांसदहरुलाई रामचन्द्र पौडेलको पत्र- मलाई भोट दिनुहोस्


काठमाण्डु- राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सांसदहरुलाई आफूलाई भोट दिन आग्रह गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।

बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाण्डुमा राखेको संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रममा पौडेलले सांसदहरुलाई पत्रमार्फत आफूलाई भोट दिन आग्रह गरेका हुन् । उनले मत माग्दै आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ नेता पौडेलले पत्रमार्फत भनेका छन् ।

नेता पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका लागि साँझा उम्मेदवार बनेका छन् । आठ दलको समर्थन हुँदा राष्ट्रपति निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको पौडेलले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement