राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३८०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र  नेम्वाङले १५५१८ मत पाए । पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो ।

पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बनेका थिए । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement